२०८२ मंसिर २२, आईतवार २२:३७ गते
नेपाली समय

कर्णाली प्रदेशमा गठबन्धनलाई कायम राख्ने कांग्रेसको निर्णय

२०७९ पुष ७ गते, बिहीबार समय: १३:५३ मिनेट

सुर्खेत –

Advertisement 1


नेपाली कांग्रेसको कर्णाली प्रदेश कमिटीले गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न बैठकले वर्तमान गठबन्धनलाई कायम राख्ने र पहिलो चरणमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको हो ।


प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले १४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

Advertisement 2


त्यस्तै बैठकले प्रदेश सभा संसदीय दलको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । जसका लागि तीन सदस्यीय समिति गठन गरिसकेको छ । समितिको संयोजकमा कृष्णबहादुर रोकाय र सदस्यमा खगिसरा आचार्य र दमन बहादुर शाही रहेका छन् ।

सम्बन्धित समाचार