२०८२ कार्तिक २८, बिहीबार १०:५३ गते
नेपाली समय

डा.सीके राउतको शपथ बदरको माग गर्दै प्रदर्शन

२०७९ पुष ७ गते, बिहीबार समय: २१:३१ मिनेट

काठमाडौं –

Advertisement 1


जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको शपथ बदरको माग गर्दै सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरिएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने मागसहित मिथिला नाट्य कला परिषद् (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।


मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

Advertisement 2


मैथिली साहित्य परिषद् सप्तरीले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधान विपरीत भएको जनाएको छ । राउतको व्यवहारबाट समग्र मैथिली भाषीको भावनामा ठेस पुगेको उनको भनाइ छ ।


रावतकै क्षेत्रमा उनीविरुद्ध प्रदर्शन भएको हो ।

सम्बन्धित समाचार