२०८२ कार्तिक २८, बिहीबार १२:०४ गते
नेपाली समय

कोहलपुरले मेयर कपको बजेट दोब्बर गर्ने

२०७९ पुष ८ गते, शुक्रबार समय: १८:५६ मिनेट

बाँके

Advertisement 1

शुक्रबारदेखि बाँकेको कोहलुरमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माबी कौशिलानगरको संचालन र व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभापतित्वमा भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उद्घाटन गरे ।

Advertisement 2

कार्यक्रमा नगर प्रमुख आचार्यले सर्वोत्कृष्ट खेलाडीलाई ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गरेका छन् । साथै उनले मेयर कपलाई अझ भव्यता दिन आगामी बजेटलाई दोब्बर पारिने पनि बताए ।

‘मेयरकप प्रतियोगितालाई भव्यता दिन र खेलाडीहरुको प्रोत्साहनका लागि आगामी वर्षदेखि बजेटलाई दोब्बर वृद्धि गरिने छ’ उनले भने ‘यो पटकको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई म ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गर्दछु ।´

Advertisement 3


यस्तै जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने बताए । उनले खेलकुदका माध्यमबाट बालबालिकाहरुमा हुने अतिरिक्त प्रतिभाको उजागर हुने बिश्वास व्यक्त गरे ।

प्रतियोगितामा कोहलपुरका सामुदायिक र संस्थागत ३७ बिधालायका १ हजार १ सयबढी सहभागी छन् ।

प्रतियोगिता उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगित सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न बिधालयबाट मार्च पास तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार