काठमाडौं –
Advertisement 1
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शनिबार एकैपटक पाँचवटा शाखा कार्यालयको उद्घाटन भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यालय रसुवाको उद्घाटन गरेको हो ।
शाखा कार्यालय ताप्लेजुङको बैंक सञ्चालक दिलीप कुमार ढुंगाना, शाखा कार्यालय तेह्रथुमको म्याङ्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलाबारीको झापा १ ‘ख’का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलगंवाको सर्लाही २ ‘ख’का प्रदेश सांसद कौशल किशोर दास र शाखा कार्यालय रसुवाको रसुवा ‘ख’का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले अलग–अलग कार्यक्रमका बीच कार्यालय उद्घटन गरे ।
Advertisement 2
योसँगै राष्ट्रिय वाणिज्य बैंकको देशभर २ सय ६४ वटा शाखा कार्यालय पुगेका छन् ।





प्रतिक्रिया दिनुहोस्