२०८२ मंसिर २२, आईतवार २१:३५ गते
नेपाली समय

पत्रकार महासंघले सदस्यता शुद्धिकरण गर्ने

२०७९ पुष ९ गते, शनिबार समय: २०:३८ मिनेट

सुर्खेत –

Advertisement 1


नेपाल पत्रकार महासंघले संघमा आवद्ध पत्रकारहरुको सदस्यता शुद्धिकरण गर्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न महासंघको केन्द्रीय वार्षिक साधारण सभाले सदस्यता शुद्धिकरणका लागि समिति गठन गरेको हो ।


सभाको दोस्रो दिन शुक्रबारको बन्द सत्रमा समिति गठन गरिएको छ । बन्द सत्रले गठन गरेकोे महासचिव रोशन पुरी, महासंघका पूर्वमहासचिव उजीर मगर, सचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्णको अध्ययन समितिले सदस्यता शुद्धिकरण गर्नेछ ।

Advertisement 2


त्यस्तै साधारणसभाले शुक्रबार राति नै महासचिव पुरीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक लेखनाथ न्यौपानेको प्रतिवेदन संशोधनसहित पारित गरेको छ । केन्द्रीय परिषद् सदस्यका सुझावहरु समेटेर प्रतिवेदनमा समेट्न प्रतिवद्धता जनाएका थिए ।


साथै शनिबार सुर्खेत घोषणा पत्र जारी गरेर साधारणसभा समापन हुनेछ ।

सम्बन्धित समाचार