२०८२ मंसिर २२, आईतवार २१:२५ गते
नेपाली समय

गेरुवाद्वारा बर्दियामा संचालित परियोजनाको सार्वजनिक परीक्षण

२०७९ पुष १० गते, आईतवार समय: ११:४६ मिनेट

बर्दिया

Advertisement 1

गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको सार्वजनिक परीक्षण शनिबार बर्दियाको गुलरिया सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल र कोइकाको सहयोगमा बर्दियाको गेरुवा गाँउपालिका वडा नं ६ को गणेश माबि, ठाकुरबाबा नगरपालिका वडा नं ६ को जनज्योती माबि, बारबर्दिया नगरपालिका वडा नं २ युवक मावि र मधुवन नगरपालिका वडा नं ७ शुक्र माविमा संचालित कार्यक्रको शुक्रबार र शनिबार सार्वजनिक परीक्षण गरिएको हो ।

Advertisement 2

२०२२ जनवरीदेखि डिसेम्बरसम्म सम्पन्न कार्यक्रमबाट प्राप्त उपलब्धी, कार्यक्रमले पारेको सामाजिक प्रभाव, पारदर्शिता र जवाफदेहिताबारे समिक्षा गर्ने उद्धेश्यले गरिएको सार्वजनिक परिक्षणमा परियोजना संयोजक रामरुप कौशलले विद्यालयमा सम्पन्न भएका कार्यक्रम, योजना, उपलब्धी र कार्यक्रमको आयब्यय प्रस्तुत गरे ।

सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा गणेश माबिका सहायक प्रधानाध्यापक लोकेन्द्र बहादुर चन्दले कार्यक्रले विद्यालय, शिक्षक र बिद्यार्धीहरुलाई धेरै फाइदा पुगेको बताए । परियोजनाबाट विद्यालयमा बनेको आधुनिक तीन कोठे शौचालय, महिनावारी आराम कक्ष बनेको बताउदै संस्थाले ठुलो गुन लगाएको चन्दले बताए।

Advertisement 3

कार्यक्रममा बोल्दै गणेश माबिमा कक्षा १० मा अध्ययनरत बिद्यार्थी पानसरा शाहीले किशोरीहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड बिद्यालयमा जथाभावी फाल्नले बिद्यालयको वातावरण नै दुषित हुने गरेता अहिले प्याड जलाउने मेसिनले समस्या समाधान भएको बताए।

जनज्योती माबिमा कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ बालकृष्ण आचार्यले परियोजना अन्तर्गत संचालन भएका बिभिन्न तालिमले बिद्यार्थी र शिक्षकहरुमा यौन तथा प्रजनन स्वास्थ्यप्रतिको बुझाईमा सकारात्मक परिवर्तन ल्याएको र खुलेर अध्ययन अध्यापन गर्ने वातावरण तयार भएको बताए।

कार्यक्रममा बोल्दै बारबर्दिया वडा नं.११ का वडाअध्यक्ष रामफेरन चौधरीले यस किसिमको परियोजनाले विद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विद्यालयमा बनाइएका संरचनाहरुको दिगोपनाका लागि स्थानीय सरकारको ध्यानसमेत आकर्षण भएको बताए।

सम्बन्धित समाचार