२०८२ कार्तिक २८, बिहीबार ११:५२ गते
नेपाली समय

प्रदेश सभाको अन्तिम तयारीमा लुम्बिनी प्रदेश

२०७९ पुष १० गते, आईतवार समय: १४:५८ मिनेट

दाङ –

Advertisement 1


लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाका लागि अन्तिम तयारी गरिरहेको छ । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत एवं शपथ खुवाउने तयारी तीव्र गतिमा भइरहेको प्रदेश सरकारले जनाएको छ ।


प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने संविधानतअनुसार पुस १५ गतेदेखि २१ गतेकोबिचमा शपथ ग्रहण गराउनेगरी काम अघि बढेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

Advertisement 2


त्यस्तै लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन भित्रै ५ करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि संचालन अन्तिम तयारी रहेको छ । साथै प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेशसभा सचिव पुनले बताए ।


गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउने काम भइरहेको छ । अहिले स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश सरकारका १३ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालय प्रशासनिक परिसरभित्र र बाँकी ७ वटा मन्त्रालय परिसर बाहिर स्थापना गरिएका छन् ।

सम्बन्धित समाचार