बाँके –
Advertisement 1
बाँके जिल्ला क्रिकेटले प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट प्रक्रिया अघि बढाएको छ । पोष २९ गतेदेखि इटहरीमा संचालन हुने प्रतियोगिताका लागि बाँके जिल्लाले खेलाडी छनौटका लागि इच्छुक खेलाडीहरुलाई आह्वान गर्दै सूचनासमेत प्रकाशन गरेको अध्यक्ष सरोबर प्रसाईले जानकारी दिए ।
हालसम्म प्रतियोगिताको छनौट प्रक्रियामा नेपालगन्ज र कोहलपुरबाट १२ बढी महिला खेलाडी सम्पर्कमा आइपुगेको अध्यक्ष प्रसाईले जनाकारी गराए । उनले भने, ‘आजको दिनसम्म १५ जना जति महिला खेलाडी छनौटका लागि आउनु भएको छ । जसमा ४÷५ जना नयाँ अनुहार पनि हुनु हुन्छ ।’ छनौट प्रक्रियाका लागि खेलाडीको उमेर १५ वर्षभन्दा माथि हुनुपर्ने उनले बताए ।
Advertisement 2
बाँके जिल्ला क्रिकेटले भोली सोमबार क्याम्पको आयोजना गर्ने र पुष १२ र १३ गते खेलाडी छनौट गर्ने तालिका रहेको जनाएको छ ।
हरेक वर्ष बाँके जिल्ला क्रिकेटले टी–२० कपका लागि खुल्लारुपमा खेलाडी छनौट गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्