२०८२ माघ ८, बुधबार ०३:५० गते
नेपाली समय

१३ वर्षपछि चलचित्रमा फर्किँदै विपना

२०७९ पुष १० गते, आईतवार समय: १७:४१ मिनेट

काठमाडौं –

Advertisement 1


नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री विपना थापा १३ वर्षपछि अभिनयमा फर्किने पक्का भएको छ । निर्देशक चन्द्र पन्तको छायांकन तयारीमा रहेको फिल्म ‘ह्रस्वदीर्घ’मा प्रमुख कलाकारको रुपमा उनी अनुबन्धित भएकी हुन् ।


फिल्मका चार प्रमुख पात्रमध्ये बिपनाको क्यारेक्टर एउटा रहेको जानकारी गराइएको छ । फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् ।

Advertisement 2


विवाहपछि भारतको कोलकातामा बस्दै आएकी विपना बेला–बेलामा नेपाल आउने गरेकी थिइन् । बिपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ जुलाइ २३, २०१० मा रिलिज भएको थियो ।

सम्बन्धित समाचार