२०८२ मंसिर २१, शनिबार २३:५७ गते
नेपाली समय

भोली दाहालले प्रधानमन्त्रीको शपथ लिने

२०७९ पुष १० गते, आईतवार समय: १८:४७ मिनेट

काठमाडौँ –

Advertisement 1


भोली (सोमबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिँदै छन् । आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेपछि आइतबार बेलुका प्रधानमन्त्रीको दावी राष्ट्रपतिलाई प्रचण्डले पेस गरेका थिए ।


सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४४औं प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई आइतबार साँझ नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Advertisement 2


आइतबार शपथको तयारी भए पनि समय अपुग भएकाले सोमबारमात्रै शपथ गराउने तयारी गरिएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति जुटन नसकेपछि बालकोटमा एमाले र माओवादी केन्द्रसहित ३ स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थन जुटेको थियो । बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको हो ।


सरकार गठन गर्न १ सय ३८ सांसद भए बहुमत चाहिन्छ । राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी थिइन् । अन्तिम समयमा आएर दलहरुले बहुमत पु¥याएका हुन् ।

Advertisement 3


यता नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने नसोचेको गुमाएका छन् । आइतबार बिहानसम्म नेपाली कांग्रेससँग थुप्रै पद थिए । माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउँथ्यो । यस्तै सात वटा प्रदेशमध्ये कम्तीमा चार वटामा मुख्यमन्त्री अनि प्रदेश प्रमुखलगायतमा कांग्रेसको दाबी हुन्थ्यो । १० सिट भएको एकीकृत समाजवादीले पनि केही पदमा दाबी गरेको थियो ।

सम्बन्धित समाचार