बाँके –
Advertisement 1
नेपालगन्जका उद्योगी, व्यवसायी नेपाल राष्ट्र बैंकविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा वस्तुगत कारोबार गर्ने व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिनुका साथै कालो पट्टी बाधेर विरोध जनाएका हुन् ।
उनीहरुले त्रिभुवन चोकदेखि राष्ट्र बैंकसम्म विरोधको नारा लगाएका थिए ।
Advertisement 2
उनीहरुले नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज, वर्षमा एकपटक चालू पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज, चालू रहेको ओभरड्राफ्ट लोन यथावत, कारोबारको आधारमाा कर्जा दिने प्रावधान संशोधन, बैंक ब्याज सिंगल डिजिट कायम, ब्याजदर नियन्त्रण, बैंकहरुको आतंक बन्द र एल.सी.को शत प्रतिशत मार्जिन खारेजको मागसहित सडकमा उत्रिएका हुन् ।
विरोधमा नेपालगन्जका सय बढी व्यवसायीको सहभागिता रहेको थियो ।
Advertisement 3









प्रतिक्रिया दिनुहोस्