बाँके –
Advertisement 1
नेपाल वायुसेवा निगमले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई उडान थप गरेको छ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले नेपालगन्जबाट जुम्ला, मुगु र डोल्पामा हवाई उडान थप गरेको जनाएको छ ।
निगमको क्षेत्रीय केन्द्र नेपालगन्जले यात्रुको चापमा वृद्धि हुनुका साथै भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको जनाएको छ ।
Advertisement 2
अब नेपालगन्जबाट जुम्ला सोमबार र मंगलबार, मुगुको ताल्चा आइतबार र मंगलबार तथा डोल्पाको जुफालमा सोमबार र बुधबार उडान हुनेछ ।
हुम्ला जिल्ला हालसम्म सडक यातायात नजोडिएको जिल्ला हो । हुम्लाको सिमकोटमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ । सिमकोटका लागि आइतबार, सोमबार र मङ्गलबार उडान हुनेछ । अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन् ।
Advertisement 3
यसअघि निगमको जहाज हप्तामा एक रात नेपालगञ्जमा रहँदै आएकामा अहिले भने तीन दिन बस्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्