२०८२ फाल्गुन ४, सोमबार ०७:२० गते
नेपाली समय

माघ ५ गतेदेखि खजुरामा मेयर कप रनिङ शिल्ड हुने

२०७९ पुष १२ गते, मंगलवार समय: १८:३४ मिनेट

बाँके –

Advertisement 1


बाँकेको खजुरा गाउँपालिकाले माघ ५ गतेदेखि पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ । माघ १० गते प्रतियोगिता संचालन हुने प्रतियोगिताको मंगलबार खजुराका प्रध्याध्यानाध्यापकहरुको बैठकले मेयर कप रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।


खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको व्यवस्थापन तथा संचालनमा रनिङ शिल्ड प्रतियोगिता गरिने खजुरा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । प्रतियोगिता खजुराको मिनि रंगशालामा गरिने भएकाले पनि भव्य हुनेमा विस्वास गरिएको छ ।

Advertisement 2


रनिङ शिल्ड प्रतियोगितामा १३ वटा खेलमा माध्यमिक तहका विद्यार्थि खेलाडिहरुले सहभागिता जनाउने छन । त्यस्तै १० वटा खेलमा आवि तहको सहभागिता रहनेछ भने ५ वटा आधारभुत तहको विद्यार्थिहरुले सहभागिता जनाउन पाउने निर्णय गरिएको शिक्षा शाखाका प्राविधिक सहायक निर्मल रेग्मीले जानकारी दिए ।


प्रतियोगिताको संचालनका लागि तयारी सुरु भैसकेको शिक्षा शाखा प्रमुख मल्लले जनाए । मंगलबार बसेको बैठकमा प्रधानाध्यापकहरु सगै वरिष्ठ एथलेटिक्स मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, खेल प्रक्षिक्षक लाल बहादुर गुरुङ, वडा नम्बर चारका वडाध्यक्ष टेक बहादुर रोका क्षेत्री, खजुरा शिक्षा समितिका सदस्य लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार