बाँके –
Advertisement 1
नेपालगन्ज उप–महानगरपालिकाका सबै वडामा इन्टरनेट सेवाको पहुँच विस्तार गरिएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगनजको वडा नम्बर २३ मा बुधबारदेखि सेवा विस्तार गरिएसँगै नेपालगन्जका सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेका छन् । २३ नम्बर वडामा इन्टरनेट सुरु भएसंगै २३ वटै वडा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्ने भएको छ ।
Advertisement 2
उक्त वडामा वल्र्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्