दाङ –
Advertisement 1
लुम्बिनीका प्रदेश सभा सदस्यहरुको पुस १६ गते शपथ लिने भएका छन् । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।
बैठकले प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने कार्यक्रम रहेको छ ।
Advertisement 2
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा दाङको देउखुरी उपत्यकास्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ गते शपथ ग्रहण र प्रदेश सभाको पहिलो अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीललाई जानकारी दिएका छन् ।
८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागगरिक उन्मुक्ति पार्टीबाट ४–४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३ –३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एकजना र स्वतन्त्र तीन जना सांसद रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्