दाङ –
Advertisement 1
दाङको तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकको खाताबाट २ लाख रुपैयाँ गाएब भएको छ । एनआईसी एशियामा बैंकमा खाता भएका दंगीशरण गाउँपालिका –५ मिरौली निवासी चौधरीको २ लाख २० हजार रुपैयाँ चोरी भएको हो ।
मंगलबार बिहान एनआईसी एशिया बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबा २ लाख २० रुपैयाँ चोरी भएको पिडित ज्ञानबहादुर चौधरीले जानकारी दिएका छन् । बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड नम्बर मागेको चौधरीले बताएका छन् ।
Advertisement 2
सुरुमा एनआईसी एशिया बैंक नामको मेसेन्जरबाट चौधरीसँग कुरा गरेर फोन गरेपछि विश्वासको आधारमा खाता र वान टाइम पासवर्ड उपलब्ध गराएको चौधरीले बताए । पैसा निकालेको थाहा पाउने बित्तीकै एनआईसी एशिया बैंकमा पुगेका चौधरीलाई सिटिजन बैंकमा रकम ट्रान्सफर भएको जानकारी बैकले दिएपछि त्यहाँ पुगेका थिए ।
त्यहाँबाट पनि नबिल र अन्तमा बैंक अफ काठमाण्डौमा पुग्दा भित्र प्रवेश गर्न नदिएपछि फर्किएको चौधरीले बताए । यता बैंकका प्रमुख राजीव वलीले बैंकको यसमा कुनै दोस नभएको बताए । सेवाग्राहीले आफ्नो वान टाइम पासवर्ड अपरिचित व्यक्तिलाई दिएका कारण २ लाख रुपैयाँ हराएको बैंकले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्