२०८२ मंसिर २१, शनिबार २३:२८ गते
नेपाली समय

शितलहरको क्षति न्यूनिकरण गर्न छलफल (निर्णयसहित)

२०७९ पुष १३ गते, बुधबार समय: १८:४५ मिनेट

बाँके –

Advertisement 1


बाँके जिल्ला विपद व्यवस्थापन समितिले जिल्लामा चिसो तथा शितलहरका कारण हुनसकने क्षति न्यूनिकरण गर्ने छलफल गरेको छ । बुधबार बसेको बैठकले छलफलको क्रममा प्राप्त सुझाव समावेश गरी परिमार्जित शितलहर आकस्मिक योजना स्वीकृत भएको जनाएको छ । । बैठकले स्वीकृत उक्त योजनामा उल्लिखित जिम्मेवारी पुरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तैयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


बैठकले गरेका निर्णय

Advertisement 2


१. जिल्ला विपद व्यवस्थापन समितिको मिति २०७९।६।१२ गतेको बैठकको पूर्व निर्णय कार्यान्वयन स्थितिको बारेमा संक्षिप्त समिक्षा एवं गृह मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त निर्देशन तथा पत्रहरूका बारेमा जानकारी भयो ।
२. सबै नगरपालिकारगाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ–आफ्नो शितलहर पूर्वतयारी बैठक बसी आकस्मिक योजना तर्जुमा गरी लागू गर्ने । स्थानीय तहसंगको समन्वयमा तँहा कार्यरत सवै संघसस्था, निजी क्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शितलहरवाट हुने क्षति न्यूनिकरणका लागि गतिविधि सञ्चालन गर्ने ।

३. चिसो तथा शितलहरका कारण जोखिममा पर्न सक्ने खासगरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सुची तयार पार्ने र राहत वितरणमा प्राथमिकतामा राख्ने ।

Advertisement 3

४. चिसो तथा शितलहर चलेको बेला चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजनवन कार्यालय र बन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने । दाउरा उपलब्ध गराउदा सहुलियत दररेटमा समेत उपलब्ध गराउन अनुरोध गर्ने ।

५. चिसो तथा शितलहरको प्रभावबाट बच्नरबचाउनको लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले स्थानीय भाषासमेतमा जनचेतनामूलक सामग्री तयार गरी जिल्लास्थित सबै एफएम रेडियो, पत्रपत्रिकामा सन्देशहरु प्रसारण र प्रकाशण गर्ने । सो कार्यका लागि नेपाल पत्रकार महासंघले आवश्यक समन्वय गर्ने र स्थानीय संघ र सस्था, रेडक्रस उपशाखा, स्थानीय क्लबहरूले विभिन्न समुदाय, बिद्यालयहरुमा चिसो तथा शितलहरबाट बच्ने उपाय सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

६. जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शित लहरबाट बच्ने र बचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने ।

७. कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने ।

८. स्थानीय तहबाट राहत वितरणमा एकरुपता तथा प्रभावकारी बनाउन निश्चित मापदण्ड तय गरी आवश्यक पर्ने राहत सामग्री खरिद तथा वितरणको लागि स्ट्याण्डबाय एग्रीमेन्ट वा खरिद गरी राख्न सबै नगरपालिका÷गाउँपालिकाहरुले तयारी गर्ने । साथै आवश्यक न्यानो कपडालगायतका राहत सामग्री उपलब्ध गराउन सयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसस्थाहरु र निजी क्षेत्रहरुलाईसमेत अनुरोध गर्ने ।

९. यस वर्षको असोज तेस्रो साता आएको अविरल वर्षाले जिल्लाको सबै स्थानीय तह प्रभावित भएको । जिल्ला विपद् व्यवस्थापन समितिबाट तत्कालै स्थानीय तहको अगुवाइमा रेडक्रस र प्रहरीसमेतको टिमले प्रभावित घरधुरीको लागत संकलन गरी समितिलाई उपलब्ध गराउने निर्णयअनुसार जानकी, खजुरा, राप्ती सोनारी गाँउपालिकाबाट मात्र विवरण प्राप्त भएको र अन्य पालिकाबाट हालसम्म पनि विवरण प्राप्त नभएको जानकारी गराइयो । साथै, जिल्ला प्रशासन कार्यालयमा समेत प्रभावित परिवारवाट राहत सहयोगका लागि निवेदन प्राप्त भैरहेको । बाढी तथा ढुवानवाट पूर्णरुपमा प्रभावित परिवारलाई मात्र जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट राहत उपलव्ध गराउनका लागि प्राप्त भएका निवेदन तथा प्रभावित परिवारका तर्फबाट आवश्यक कागजातका साथ प्राप्त भएमा १ महिनाभित्र भुक्तानी गर्नेगरी बैठकबाट समर्थन गर्ने ।

१०. विपद् खोज उद्धारका सबै जिल्लामा क्यर आर टी टोली गठन गर्ने प्रावधानअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित क्यर आर टी गठन, पूनर्गठन गरी तैयारी अवस्थामा राख्ने ।

११. कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण छिमेकी देश तथा विश्वव्यापीरुपमा बढिरहकोले सोको नियन्त्रण तथा रोकथामका लागि देहाय अनुसारको तयारी गर्ने ।

१२. स्वास्थ्य मापदण्डका उपायहरु अपनाउँदै कोभिड–१९ को संक्रमण न्यूनीकरणको उपाय अपनाउन जनचेतनामुलक गतिविधिलाई थप बढाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने ।

१३. सिमानाका रुपैडियालगायत अन्य नाकाहरुमा थप कडाइ गर्ने । स्वास्थ्य चेकजाँच बढाउने । संकास्पद लक्षण देखिएमा अनिवार्य परीक्षणको व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिने ।

१४. यस जिल्लामा विगतदेखि नै आपतकालीन सेवाहरु दमकल, एम्बुलेन्स, छाडा चौपायाको व्यवस्थापन हँुदै आइरहेकोमा यस सेवालाई थप प्रभावकारी बनाउन जिल्लास्तर तथा पालिकास्तरमा कार्यविधि तयार गरी सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भयो ।

१५. मिति २०७८ फागुन २३ गतेको समितिको बैठक निर्णयअनुसार जिल्ला आपतकालीन कार्य संचालन केन्द्रबाट जिल्लाको समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन योजना निर्माण, विपद् पूर्वतयारी तथा समन्वयका लागि बाँकेका सबै स्थानीय तहको लागत साझेदारी रहनेगरी सूचना व्यवस्थापन अधिकृतमार्फत कार्य हँुदै आएकोले यसवर्ष पनि सो कार्यलाई निरन्तरता दिनेगरी लागत साझेदारीका लागि पूर्ववत बैठकले गरेको निर्णयअनुसार नेपालगन्ज उप–महानगरपालिकाबाट २ लाख, कोहलपुर नगरपालिकाबाट १ लाख ५० हजार र ६ बटै गाँउपालिकाबाट १ लाखका दरले जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने ।

१६. डुडुवा १, बाँकेको गायत्री कृषि फर्ममा करिब ९ विघाह जग्गामा लगाएको तिल बाली अविरल बर्षा तथा बाढीका कारण क्षति भएको भनि प्रदेश सरकारमा सिफारिसका लागि निवेदन पेश भएकाले निवेदनअनुसार आन्तरिक मामिला तथा सन्चार मन्त्रालयमा सिफारिस गर्ने ।

सम्बन्धित समाचार