दाङ –
Advertisement 1
राष्ट्र बैकले वृद्धि गरेको बैकको ब्याजको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा प्रदेशभरबाट दाङमा आएका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले घोराहीमा प्रदर्शन गरेका हुन् ।
घोराही सभागृहबाट सुरु भएको विरोध ¥याली बालमन्दिर चोक, दामोदर चोक, बैक रोड, निमहल रोड, मेनरोड, शहिदगेट रोड हुादै जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको थियो । प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्र बंैक, नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापन पत्र बुझायो ।
Advertisement 2
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्माले दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको निर्देशनमा तथा वित्तिय संस्थाहरुले यही कार्तिक १ गतेदेखि लागू हुनेगरी जारी गरेको चालू पँुजी कर्जा मार्गदर्शन २०७९ प्रति लुम्बिनी प्रदेशभित्र रहेका सबै उद्योग वाणिज्य संघहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता पर्यापत हुँदा चाहिनेभन्दा बढी ऋण लिन प्रोत्साहन गरेको तर अहिले आएर विश्व आर्थिक मन्दि भएको अवस्थामा र केही विदेशी राष्ट्रहरुमा देखा परेको आर्थिक संकटको कारण देखाइ एक्कासी नेपाल राष्ट्र बैंकद्वारा कडाइका साथ जारी चालू पँजी कर्जा २०७९ जारी हुनबाट उद्योगी व्यवसायहिरु अत्तालिन पर्ने अवस्था देखा परेको उल्ल्लेख गरिएको छ ।
Advertisement 3
सो नियम अन्तर्गत ओभरड्राप्ट कर्जालाइ मान्यता नदिएको , आर्थिक मन्दिको यस समयमा विक्रिकिो २०÷२५प्रतिशत मात्र ऋण लगानी गर्ने नियम तथा बैकहरुबाट जथाभावी बढाइएको प्रिमियम ÷बेस रेट भन्दा ५÷६ प्रतिशत सम्म प्रिमियम बढाइएको कारण व्याजदरमा एक्कासी बृद्धि भै ६÷७ महिना पहिले एकल अंकमा सम्झौता भएको ब्याज १५÷१६ प्रतिशत सम्म पुगन गएकोले वर्तमान आर्थिक मन्दिको यस अवस्थामा चालु पँुजी कर्जाको यस नियम २०७९ खारेज गरी आर्थिक मन्दि सहज नहुँदा सम्म पुरानै अवस्था कायम गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता गरि दिन समेत माग गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्