२०८२ माघ ८, बुधबार ०३:१८ गते
नेपाली समय

अब खजुरामै डिग्री तहको पढाई हुने

२०७९ पुष १३ गते, बुधबार समय: १९:३५ मिनेट

बाँके –

Advertisement 1


पहिलोपटक बाँकेको खजुरा गाउँपालिकामा डिग्री तहको अध्यापन हुने भएको छ । पालिकाको वडा नम्बर ३, खजुरामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसले पहिलोपटक डिग्री तहको कक्षा सुरु गर्न लागेको क्याम्पस प्रमुख चरित्रा शाहले बताइन् ।


२०६५ सालमा स्थापना भएको ज्ञानोदय क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको एम.एड कक्षा संचालनको स्वीकृति दिएको छ । त्रिवि कार्यकारी परिषद्ले २०७९ कात्तिक २१ गते गरेको निर्णय गरेबमोजिम २०७९÷०८० देखि ज्ञानोदय क्याम्पसलाई डिग्री तहको अध्यापन गराउन अनुमति दिइएको हो ।

Advertisement 2


अब ज्ञानोदय क्याम्पसले शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह (एम.एड) प्रथम सेमेस्टर नेपाली शिक्षा र शैक्षिक व्यवस्थापन इ.पि.एम. को कक्षा संचालन गर्नेछ । जसका लागि क्याम्पसले प्रवेश परीक्षाको आवेदन फाराम खोलिसकेको छ ।


क्याम्पस प्रमुख शाहका अनुसार माघ १४ गते प्रवेश परीक्षा रहेको छ भने माघ २२ गतेदेखि कक्षा संचालन हुनेछ ।

सम्बन्धित समाचार