बाँके –
Advertisement 1
सिक्टा सिँचाइको पूर्वी नहरको काम दुई वर्षपछि सुचारु भएको छ । प्रदेश सासद कृष्ण केसी नमुनाको पहलमा सो क्षेत्रको नहरको काम सुचारु भएको हो ।
स्थानीयको विवादका कारण नरैनापुर गाउँपालिका वडा नम्बर ४ देखि अगाडिको काम सुचारु हुन सकेको थिएन । प्रदेश सासद नमुनाको नेतृत्वमा स्थानीयको विवादलाई मेलमिलापमा परिणत गरेपछि नहरको कामले गति लिएको छ ।
Advertisement 2
बुधबारदेखि नरैनापुरको वडा नम्बर ४ देखि भारतीय सीमासम्मको काम सुरु गरिएको छ । यो काम सम्पन्न भएपश्चात सो क्षेत्रका ४० हजार बढी किसानले लाभ लिन सक्नेछन् ।
सो क्षेत्रमा नहरको काम सुरु भएसँगै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक साहले नमुनालाई धन्यवाद दिएका छन् ।
Advertisement 3
प्रदेश सासदमा निर्वाचित भएलगतै नमुनाले विशेषत सिक्टा सिँचाइ, निकुञ्ज क्षेत्रमा नेतवर्क टावर, विद्युत्लगायतका कामलाई तीव्रता दिँदै काम गरिरहेकी छिन् ।






प्रतिक्रिया दिनुहोस्