बाँके –
Advertisement 1
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगंजमा रहेको महादेवपुरी कचनापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई सुरक्षित खानेपानी घोषित गरिएको छ । राष्ट्रिय मापदण्ड २०७९ अनुसार महादेवपुरी खानेपानीले प्रदान गर्ने खानेपानी पिउनको लागि सुरक्षित रहेको युनिसेफ नेपाल र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले प्रमाणित गरेकोे हो ।
बुधबार शमशेरगंजमा महादेवपुरी खानेपानी संचालक समितिका उपाध्यक्ष सालीराम थारुको अध्यक्षता एवम् पालिका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी महादेवपुरी खानेपालीलाई सुरक्षित खानेपानीको प्रमाण पत्र हस्तान्तरण गरिएको हो । योसँगै महादेवपुरी खानेपानी राप्ती सोनारीमा पहिलोपटक सुरक्षित खानेपानी वितरण गर्ने संस्था बनेको छ ।
Advertisement 2
सुरक्षित खानेपानीको प्रमाण पाएसँगै सो समुदाय पनि सुरक्षित समुदाय घोषित भएको छ । जसका लागि युनिसेफ र खानेपानी महासंघले महादेवपुरी खानेपानीको अनुमगन गरेको थियो । र पुनः गाउँपालिकाले महादेवपुरी खानेपानीको चेकजाँच गरेको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष पौडेलले महादेवपुरी खानेपानीले जनताको स्वास्थ्यलाई सुरक्षित गर्दै स्वस्थ्य पानी वितरण गर्दै आएको बताए । उनले पालिकाका अन्य खानेपानी परियोजनालाई पनि सुरक्षित खानेपानी घोषण गर्न पालिकाले सक्दो सहयोग गर्ने बताए ।
Advertisement 3
कार्यक्रममा वडा नम्बर ८ वडाअध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल थारु, खानेपानी प्रदेश का.अध्यक्ष ठान गैरे, खानेपानी महासंघ केन्द्रीय सदस्य चन्द्रमागी पौडेल, गौतमबुद्ध लामा, खानेपानी डिभिजन प्रमुख तिलक न्यौपानेलगाएतको उपस्थिति रहेको थियो ।
महादेवपुरी खानेपानीले हाल वडा नम्बर ८, शमशेरगंज र वडा नम्बर २ कचनापुर क्षेत्रगरी ५ सय जना उपभोक्तालाई सेवा दिँदै अएको छ ।






प्रतिक्रिया दिनुहोस्