काठमाडौं –
Advertisement 1
बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा नेपालको महिला बिच भलिबल टोली श्रीलंकासँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१–११ र २१–११ ले हराएको हो ।
Advertisement 2
यस अघि नेपालले सेमिफाइनलमा उज्वेकिस्तानलाई २–० को सेटमा हराएर श्रीलंकासँगको भेट पक्का गरेको थियो ।
पुरुषतर्फ नेपालको टोली फाइनल प्रवेश गरेका छन् । पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपालले सेमिफाइनलमा किर्गिस्तानलाई २–० को सेटमा हराएर फाइनल स्थान बनाएको हो ।





प्रतिक्रिया दिनुहोस्