बाँके –
Advertisement 1
बाँके जिल्लामा करिब तीन महिनापछि कोभिड–१९ संक्रमण भएको एकजना महिला भेटिएकी छिन् । रोजगारीको सिलसिलामा भारतबाट नेपाल पर्किएकी जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीले जनाकारी गराए ।
बिहीबार भारतबाट आएका ५१ जनालाई जेकजाँच गरिएको थियो । जसमा एकजनामा मात्र संक्रमण पृष्टि भएको हो । वलीका अनुसार असोज १ गतदेखि बाँकेमा कोभिड संक्रमित व्यक्ति पुष्टि भएको थिएनन् ।
Advertisement 2
कोभिड संक्रमणको हल्ला सुरुभए लगतै नेपालगन्ज–रुपैडिया नाकामा चेकजाँकका लागि कडाई गरिएको छ । यसअघि १५ जना स्वास्थ्यकर्मी नाका खाटाइएको भएता पनि पछिल्लो समय कोभिड संक्रमण शून्यमा आएपछि नाकाबाट केही स्वास्थ्यकर्मी घटाइएको थियो । हाल नाकामा १० जना स्वास्थ्यकर्मीले दिनहु रोजगारीको सिलसिलाले भारताबाट नेपाल फर्किएका नेपालीहरुको कोभिड चेकजाँच गरिरहेको वलीले बताए ।
हाल सीमा नाकामा रहेको जमुनाह नाका हेल्थ डेस्कमा दैनिक भारतबाट नेपाल आउने औषत ५० जनाको चेकजाँच भइरहेको वलीले बताए । उनले भने, ‘देनिकजसो भारत जाने आउनेलाई भन्दा पनि विशेषगरी लामो समय, रोजगारी गरेर फर्केका व्यक्तिहरुको चेकजाँच भई रहेको छ ।’
Advertisement 3
जिल्लामा कोभिड देखिएपछि बिहीबार जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको बैठक पनि बसेको छ । बैठकमा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्ने निर्णय भएको छ भने जेकजाँचको दायरा बढाउने, सचेतनामूलक कार्यक्रम गर्ने, सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय, घर बाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गर्ने जस्ता विषयलाई प्राथमिक दिने निर्णय गरेको छ ।
फेरि ‘तपाईंको मास्क खोइ’ सुरु

चौतर्फीरुपमा कोभिडको संक्रमणको समाचारसँगै छिमेकी राष्ट्र चीन र भारतमा कोभिड संक्रमण देखिन सुरु भएसँगै नेपालमा फेरि ‘तपाईको मास्क खोइ’ अभियानलाई सुरु गरिएको छ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ ।
यतिबेला विशेषत काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामूलक प्ले कार्ड बोकेर सडकमा खटिन थालेका छ ।
मंगलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो ।
गृहमन्त्रालयले पनि सूचना प्रकाशित गरेर डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखहरुसँगको छलफलपछि स्वाथ्य सतर्कता मापदण्ड पालना बढाउन निर्देशन दिई सकेको छ ।






प्रतिक्रिया दिनुहोस्