काठमाडौं –
Advertisement 1
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे तीन लाख मेट्रिकटनले धान उत्पादन बढेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिकटन धान उत्पादन हुने देखिएको जनाएको छ । जुन गत वर्ष भन्दा ३ लाख ५५ हजार ८ सय ४७ मेट्रिकटनले धेरै हो ।
आर्थिक वर्ष आव २०७८÷७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गतवर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
Advertisement 2
गत वर्ष भन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ । गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार प्रदेश एकमा १३ लाख ३६ हजार ५७ मेट्रिकटन, मधेश प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिकटन र बागमती प्रदेशमा ५ लाख ४४६ मेट्रिकटन धान उत्पादनको भएको छ ।





प्रतिक्रिया दिनुहोस्