२०८२ फाल्गुन २९, शुक्रबार ०७:३३ गते
नेपाली समय

१ सय ९४ सुरक्षाकर्मी फिर्ता

२०७९ पुष १४ गते, बिहीबार समय: २०:०३ मिनेट

काठमाडौं –

Advertisement 1


गृह मन्त्रालयको निर्देशनपछि १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन् ।


बिहीबारसम्म नेपाल प्रहरीका १ सय ३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्र्मी प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालय नक्सालमा हाजिर गराइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement 2


मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

सम्बन्धित समाचार