२०८२ फाल्गुन २०, बुधबार २३:१५ गते
नेपाली समय

अभिनेता रामचन्द्र बने पहिलो स्वास्थ्य बीमा पाउने व्यक्ति

२०७९ पुष १५ गते, शुक्रबार समय: १२:३६ मिनेट

काठमाडौं –

Advertisement 1


अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ प्रदान गरिएको छ ।


काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो ।

Advertisement 2

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । यस कार्यक्रम अन्तर्गत परिचयपत्र प्राप्त गर्ने १ सय २ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।

चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा १ लाख रुपैयाँ प्राप्त गर्न सकिने व्यवस्थ छ ।

सम्बन्धित समाचार