बाँके –
Advertisement 1
बाँकेको नरैनापुर गाउपालिका वडा नम्बर २ का स्थानीय मोहमद अलि तेलीले गाउँपालिकाबाट गरिब परिचयपत्र पाउँदा खुसी महसुस भएको बताउँछन् । उनले, ‘गरिब छौं भनेर बारम्बार गाउँपालिकाको दैलोमा झग्झकाउन जाने तेली गाउपालिकाले गरिब परिचय पत्र दिएपछि राज्य र गाउँपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन नपर्ने बताए ।
परिचयपत्रको आधारमा आफूले राज्यले प्रदान गर्ने सेवा, सुविधा लिन सक्ने नरैनापुरकै स्थानीयवासी रामलखन गोडीयाले गाउँपालिकाले वितरण गरेको परिचयपत्र देखाउँदै भन्छन्, ‘बल्ल स्थानीय तहले भएको महसुस गरे ।’
Advertisement 2
नरैनापुरले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न सुरु गरेपछि पालिकाका गरिब परिवारका सदस्य यतिबेला खुसी देख्छिन् । पालिकाले प्रत्येक वडामा रहेका गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण कार्य सुरु गरेको हो .
नरैनापुरले प्रत्येक वडामा रहेका गरिबहरुको सर्वेक्षण गरेर गाउँपालिकामा रहेका ३ हजार ५ सय गरिब परिवारलाई गरिब परिवार परिचय पत्र वितरण कार्य सुरु गरिएको नरैनापुर गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तथा गरिब परिवार परिचयपत्र वितरणका संयोजक कृष्णा चन्दले जानकी गराए । गाउँपालिकाले गरिबीका आधारमा तीन प्रकारका कार्ड वितरण गरेको उनले बताए ।
Advertisement 3
‘गाउँपालिकाले अति गरिबलाई रातो कार्ड, बिपन्न गरिबलाई पहेँलो कार्ड र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको छ । माघ महिना भित्रै गाउँपालिकाले गरिब परिचय पत्र वितरण गरीसक्ने लक्ष्य लिएको छ,’ चन्दले बताए ।






प्रतिक्रिया दिनुहोस्