बाँके –
Advertisement 1
निजी कम्पनीले प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढाएका छन् । प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पु¥याइएको हो ।
डेरी एसोसिएसनले स्ट्यान्डर्ड दूध पाँच सय मिलिलिटरको ५० रुपैयाँ तोकेको हो । यसअघि पाँच सय मिलिलिटरको दूधको मूल्य ४३ रुपैयाँ रहेको थियो । निजी क्षेत्रले सम्बन्धित निकायसँग समन्वय नै नगरीकन दूधको मूल्य बढाएका हुन् ।
Advertisement 2
नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले यसअघि सरोकारवालासँग समन्वय गरेरमात्र दूधको मूल्य बढाउँदै आए पनि उद्योगहरूले एक कदम अघि बढेर दूधको मूल्य बढाएका हुन् ।
निजी क्षेत्रले एक वर्ष नपुग्दै दूधको मूल्य बढाएका हो । यसअघि गत वर्ष माघमा दूधको मूल्य पाँच सय मिलिटरको ४३ रुपैयाँ पु¥याएका थिए । मूल्य शनिबारबाट बढाउने भनिए पनि निजी क्षेत्रले अघिल्लो सातादेखि नै दूधको मूल्य बढेको भन्दै निजी डेरीहरूले बढी रकम लिन थालिसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्