२०८२ मंसिर २२, आईतवार १६:०७ गते
नेपाली समय

पहिरोमा परी १० जनाको मृत्यु

२०७९ पुष १७ गते, आईतवार समय: १३:२६ मिनेट

एजेन्सी –

Advertisement 1

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा शनिबार आएको पहिरोमा पुरी १० जनाको ज्यान गएको छ । दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु र ९ जनाको घाइते भएको स्थनीय अधिकारीहरूले जनाएका छन् ।


१० जनाको मृत्यु भएको पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारीले जनाएका छन् । अन्य शव निकाल्न खोजी टोलीले प्रयास गरिरहेको उनले बताएका छन् ।

Advertisement 2


पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । दुई खानी साइटहरूमा बारम्बार पहिरो आउने गरेको बताइएको छ । दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि भएको थियो ।


डिसेम्बरको मध्यमा, मुसलधारे वर्षाको कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा १ सय ६० भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ ।

सम्बन्धित समाचार