२०८२ मंसिर २२, आईतवार ००:२९ गते
नेपाली समय

गर्भवति र बिरामीलाई कुखुरा फर्मद्वारा अण्डा वितरण

२०७९ पुष १७ गते, आईतवार समय: १८:०२ मिनेट

बाँके –

Advertisement 1


राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा कुखुरा विकास फार्म खजुराले गर्भवती सुत्केरी तथा बिरामीहरुलाई अण्डा वितरण गरेको छ । दिवसको अवसरमा आइतबार बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेका बिरामी, गर्भवती र सुत्केरी महिलाहरुलाई अण्डा वितरणसहित अन्तरक्रिया गरेको हो ।


‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षिय सहभागिता, स्वास्थ्य र पोषण सुधार, हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित मनाइएको दिवसमा बोल्ने अधिकास बक्ताहरुले ग्रामिण किसानको आर्थिक वृद्धिका साथै पोषणमा पोल्ट्री क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

Advertisement 2


कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर थापाले कुखुरा पालन गर्दा आउने समस्याका बारेमा आफूहरु चिन्तित रहेको उल्लेख गरे ।


प्रमुख जिल्ला अधिकारी खत्रीले खुला सीमाका कारण लुकाइछिपाइ कुखुरा भित्रँदा किसानलाई मर्का परेकोको विषयमा शुरक्षा सन्यन्त्रलाई चुस्त अनुगमन गर्न निर्देशन दिइएको बताए ।

Advertisement 3


कार्यक्रममा कुखुरालाई एक महत्वपूर्ण मासुको परिकारको रुपमा लिइने र सेवन गरिने बताउँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले किसानको पैसा झनभन्दा झन धरापमा रहेको बताए ।


कुखुरा व्यवसायिक मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले विगत तीन वर्षयता कुखुरा व्यवसायी किसानहरु घाटामा रहेर कारोबार गरिरहेको दुःखेसो पोखेँ ।


खजुराका कुखुरा व्यवसायी योगेश रावलले नेपालमा कुखुरा पालन गर्दा लागत धेरै लाग्ने र भने जस्तो मूल्य नपाउने समस्याका कारण पलायनको अवस्था आएको बताए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डा. निरज भट्राई, एग्रोभेट व्यवसायी, किसान, पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा.विनयकुमार कर्णलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार