२०८२ मंसिर २२, आईतवार २१:१३ गते
नेपाली समय

लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

२०७९ पुष १७ गते, आईतवार समय: १८:१५ मिनेट

दाङ –

Advertisement 1


आइतबार लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।


प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । लुम्बिनी प्रदेशका ८७ जना प्रदेशसभा सदस्यमध्ये शपथ लिएका छन् । जसमा नौजनाले आफ्नै मातृभाषामा शपथ लिए भने अरुले नेपाली भाषामा शपथ लिएका छन् ।

Advertisement 2


स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा उनीहरुले शपथ ग्रहण गरेका हुन् ।


लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।
अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यसपटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

सम्बन्धित समाचार