२०८२ कार्तिक २७, बुधबार १५:५८ गते
नेपाली समय

२०२२ मा ६ लाख पर्यटक नेपाल आए

२०७९ पुष १८ गते, सोमबार समय: ०९:१० मिनेट


काठमाडौं –

Advertisement 1

सन् २०२२ मा हवाई माध्यमबाट ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटक नेपाल आएको छन् । यो संख्या नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो ।


यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो ।

Advertisement 2


यस्तै कोरोना महामारी सुरु भएपछिको वर्ष सन् २०२१ को जुनको तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै पर्यटक नेपाल आएका छन् ।

सम्बन्धित समाचार