२०८२ कार्तिक २८, बिहीबार १२:०८ गते
नेपाली समय

मगर संघले माघे पर्वलाई भब्यरुपमा मनाउने

२०७९ पुष १८ गते, सोमबार समय: १८:२३ मिनेट

बाँके –

Advertisement 1


नेपाल मगर संघ बाँकेले माघे संक्रान्ति पर्वलार्य भब्यरुपमा मनाउनका लागि कोहलपुरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । मगर जातिले राष्ट्रिय पर्वका रुपमा मनाउँदै आइरहेको माघे पर्वको अवसरमा पुस २८ गते बाँके कोहलपुर नगरपालिका विशेष कार्यक्रम गरी मनाउन लागेको मगर संघले जनाएको छ ।


सोदिन कोहलपुरको वडा नम्बर १४ हवलदारपुरस्थित पार्कमा मगर संघले कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा मगर तथा थारु समुदायका राष्ट्रिय एवं स्थानीय कलकारसहित जिल्लास्तरीय सांस्कृतिक कार्यक्रम एवम् झाँकी प्रदर्शन गरिने छ ।

Advertisement 2


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक पहिचानसहित आफ्नै संस्कार, संस्कृति, भेषभूषा, भाषा र पहिचानलाई विशेष जोड दिने भुपेन्द्र थापामगर बताए । उनले भने, ‘ विविधता बोकेका मगर र थारु समुदायको परम्परा र संस्कारको आफ्नै मौलिकता छन् । त्यही मौलिकतामा बहुजातीय देशमा मगर जाति पनि एक हो । नेपालको पहाडी भेगमा बसोवास गर्ने आदिवासी जनजाति समुदायमध्ये सबैभन्दा ठूलो जनसंख्या मगर जातिको छ । जसका लागि माघे पर्वलाई योपटक विशेष बनाउने प्रयार गरेका हौं ।’


नेपालको जनसंखयामा तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति हो । मगर जातिमा आफ्नै भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधता छ । नेपालको प्रायः सबै जिल्लामा बसोवास रहेको मगर जातिले माघे पर्वलाई पनि विशेष ठान्ने गर्दछन् ।

Advertisement 3


अध्यक्ष थापामगरका अनुसार माघे पर्वमा मगर जातिले आफ्ना कुलदेवताको पूजाआजा गर्ने गर्छन् । मगर जातिले कूलदेवता वराहथानको आरधना गर्ने र सामुहिक भेटगाट गर्ने संस्कृति रहेको छ ।

सम्बन्धित समाचार