२०८२ मंसिर २३, सोमबार ०४:३० गते
नेपाली समय

दिनभर प्रभावित बनेको नेपालगन्ज (तस्बिर)

२०७९ पुष १८ गते, सोमबार समय: १९:११ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्ज बजार सोमबार दिनभरी बन्दका कारण प्रभावित रह्यो । गन्तव्यमा जाने साइकल चालकदेखि गाडी, रिक्सा एवम् पैदलयात्रीदेखि सडके ब्यापारीलाई प्रभावित बनाएको बन्दमा अधिकांश भने विद्यार्थी थिए । सडक बन्दले सडकयात्रीलाई ५ किलोमिटरभन्दा बढी पैदल हिँड्नसमेत बाध्य बनायो ।


नेपालगन्जको धम्बोझी चोकदेखि राझाँसम्मको ५ किलोमिटर सडकलाई बन्द गर्न सडकमा उत्रीएका विद्यार्थी तथा पीडित पक्षले उचित न्याय नपाएको भन्दै विरोधमात्र जनाएनन् । उनीहरुले नाराबाजीदेखि सडकमा टायर बाल्ने र केही विद्यार्थीले त हातमा लट्ठीसमेत समाएका थिए ।

Advertisement 2


बिहानदेखि अबेर बेलुकासम्म खटिएका अधिकांश विद्यार्थी भने स्कुल पोषाकमै थिए । चाउचाउ खाएर दिनभर खटिएका उनीहरुमा बुलुकासम्म जोसजागर कायमै देखियो ।


उनीहरु शनिबार सडक दुर्घटनामा ज्यान गुमाएका दैलेक जिल्लाको नारायण नगरपालिका वडा नम्बर ५ घर भई हाल नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ बस्ने तेजन थापामगरको परिवारले उचित क्षतिपूर्ति नपाएको विषयलाई लिएर सडकमा उत्रिएका थिए । मृतक तेजनलाई नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक धनी सम्पर्क नभएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

Advertisement 3


मृतक तेजन नेपालगन्जमा रहेको होप इन्टरनेशनलका विद्यार्थी हुन् । उनी विद्यार्थी भएका कारण पनि सोमबार सडकमा धेरे विद्यार्थीको उपस्थिति रहेको थियो । सडक बन्द गराउन आर्दश माध्यमिक विद्यालय, ब्राइटलाइट कलेज, सेन्थोमस कलेज, जिभियन कलेजलगायतका विद्यार्थी उपस्थित थिए ।


तर अचम्म के छ भने, सडकमा उत्रिएका केही विद्यार्थीलाई आफूहरु सडकमा किन आएको एकिन भने थाहा नभएको पाइयो । रिपोर्टिङका क्रममा विद्यालय पोषाकमा रहेका करिब तीन/चारजनालाई, ‘तपाईहरु किन सडक बन्दमा उत्रीनु भएको ?’ भन्ने प्रश्नमा उनीहरुमध्ये केहीले गाडी चालकलाई प्रहरीले नसमातेको उत्तर दिए भने केहीले उचित क्षतिपूर्ति नदिएको भन्ने जवाफ दिए । फेरि उनीहरुलाई, ‘उचित क्षतिपूर्ति भनेको चाही के–के हुन् ?’ भन्ने प्रश्नमा प्राय सबै मौन भए ।


त्यस्तै दिनभर सडक बन्द गरेका केही सहभागी आफैं सवारी साधान खोज्दै गरेको पनि देखिए । अबेर बेलुकासम्म सडक बन्द भएका कारण केही सहभागी बुलुका हुँदै गर्दा सडकमा कसैसँग ‘लिफ्ट’ माग्ने अवस्थामा पनि पुगेका थिए ।

सम्बन्धित समाचार