२०८२ मंसिर २२, आईतवार २२:३४ गते
नेपाली समय

पेलेको आज अन्त्येष्टि गरिंदै

२०७९ पुष १९ गते, मंगलवार समय: १०:५३ मिनेट

पेलेको आज अन्त्येष्टि गरिंदै,

Advertisement 1

एजेन्सी –

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

Advertisement 2

उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

सम्बन्धित समाचार