२०८२ फाल्गुन ३०, शनिबार ०६:०६ गते
नेपाली समय

आज पनि नेपालगन्ज – कोहलपुर सडकखण्ड अवरुद्ध

२०७९ पुष १९ गते, मंगलवार समय: १६:१३ मिनेट

Advertisement 1

बैंक –

आज (मंगलबार) पनि नेपालगन्ज – कोहलपुर सडकखण्ड अवरुद्ध अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले आज पनि सडक अवरुद्ध पारेका हुन् ।

Advertisement 2

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझालगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो । 

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन भन्ने टेन्सन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

सम्बन्धित समाचार