काठमाडौं –
Advertisement 1
गएराति एक व्यक्तिको घरमा आगलागी हुँदाँ पाँचथरको फिदिम नगरपालिका –८, घुमाउनेटारमा दुई जनाको जलेर मृत्यु भएको छ । स्थानी मेघबहादुर गुरुङको घरमा गएराति १ः१५ बजे अचानक आगलागी हँुदा उनकी २३ वार्षीय बुहारी आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
साथै आगलागीबाट भाग्न सफल भएका मेघबहादुर र विजेन्द्र गुरुङ भने सामान्य घाइते भएका छन् ।
आगलागीबाट गुरुङको घर पूर्णरूपमा क्षति हुँदा भएको छ भने अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
Advertisement 2
प्रहरीको विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमानमा गरेको छ ।





प्रतिक्रिया दिनुहोस्