२०८२ मंसिर २२, आईतवार ००:२७ गते
नेपाली समय

कोइलाबासमा हेल्थ डेस्क सुरु

२०७९ पुष २० गते, बुधबार समय: ०८:५५ मिनेट

दाङ –

Advertisement 1


दाङको गढवा गाउँपालिकास्थित भारत–नेपाल सीमा नाका कोइलाबासमा कोरोना चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोनाको नयाँ भेरियन्टबाट संक्रमणको जोखिम बढ्दै गएपछि गढवा गाउँपालिकाले मंगलबार सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेको पालिका अध्यक्ष अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका छन् ।


उनले भने, ‘अहिले सीमा नाकाबाट आउ–जाउ गर्नेहरुलाई मास्क लगाउन अनिवार्य गराइएको छ । साथै हेल्थ डेस्कमा भएका स्वास्थ्यकर्मीले भारतबाट नेपाल भित्रिनेहरुमा कोरोनाका सम्भावित लक्षण छन् कि छैनन् भनेर परीक्षण पनि गर्न सुरु गरिएको छ ।’

Advertisement 2


हेल्थ डेस्कमा अहिले कोइलाबास स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी खटाइएको छ ।

सम्बन्धित समाचार