२०८२ माघ ८, बुधबार ०३:०६ गते
नेपाली समय

नरैनापुरमा विद्यालयको लागि आधुनिक भवनको शिलान्यास

२०७९ पुष २० गते, बुधबार समय: १७:०८ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १, महतिनियामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा आधुनिक प्रविधिसहितको नयाँ भवन शिलान्यास गरिएको छ । सो भवनको मंगलबार लुम्बिनी प्रदेश सासद कृष्ण केसी नमुना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले शिलान्यास गरेका हुन् ।


प्रदेश सरकारको १ करोड ५० लाख र नरैनापुरको १ करोड ५० लाख रुपैयाँ गरी ३ करोड रुपैयाँको सयुक्त लगानीमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणको काम सुरु गरिएको हो । निमार्ण शुभारम्भ गरिएको नयाँ भवन आधुनिक किसिमको रहेको लुम्बिनी प्रदेश सासद नमुनाले बताइन् । उनका अनुसार नयाँ भवनमा ८ कोठा, कम्प्युटर, फर्निचर, खानेपानी, शौचालयलगायतको सुविधा रहने छ । उक्त भवनलाई १८ महिना भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नमुनाले बताइन् ।

Advertisement 2


साथै सासद नमुनाले नरैनापुरमा रहेका विद्यालयको शैक्षिकस्तर बढ्दै गएको र विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्दै गएका कारण नयाँ भवनको आवश्यकता भएको बताइन् । उनले जिर्ण विद्यालयहरुलाई भौतिकरुपमा मात्र सम्पन्न नभई शैक्षिकस्तरमा पनि सम्पन्न बनाउनतर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।


उनले नरैनापुरका अन्य विद्यालयहरुमा पनि नयाँ भवन निर्माण गर्ने आफ्नो लक्ष्य रहेको भूगोल खबरलाई बताइन् । उनले केही दिनमै नरैनापुरमा पहिलोपटक कन्या विद्यालयको भवन शिलान्याससमेत गरिने बताइन् । कन्या माविका लागि प्रदेश सरकारले ८ करोड रुपैयाँसमेत विनियोजन गरिसकेको उनले भूगोल खबरलाई जानकारी गराइन् ।

Advertisement 3


त्यस्तै गाउँपालिका अध्यक्ष शाहले नरैनापुर क्षेत्रमा रहेका विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माणको अवश्यकता रहेको बताउँदै नेपाल राष्ट्रिय विद्यालयमा पुराना भवनको अवस्था जीर्ण र नयाँ भवनको अवस्यकता परेको हुँदा नयाँ भवन निर्माण सुरु गरिएको बताए ।


नरैनापुरले शिक्षालाई प्राथमिकता दिएकै कारण नरैनापुर क्षेत्रमा रहेका हरेक विद्यालयमा विद्यार्थीको संख्या ५ वर्षयता १ सय प्रतिशत भन्दा बढी रहेको छ । जसका कारण भवन निर्माणका लागि नरैनापुरले बढी जोड दिइरहेको छ ।

सम्बन्धित समाचार