काठमाडौं –
Advertisement 1
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आगामी माघ १९ गते कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) १५ लाख मात्रा ल्याइने भएको छ । जुन ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले दिने भएको हो ।
यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिकरुपमा ‘गाभी’लाई पत्र लेखेको थियो ।
Advertisement 2
सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो ।
छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
Advertisement 3
यस्तै मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।






प्रतिक्रिया दिनुहोस्