२०८२ माघ ८, बुधबार ०२:३७ गते
नेपाली समय

चिसोबाट बच्न नेपालगन्जले बाढ्यो दाउरा

२०७९ पुष २० गते, बुधबार समय: १७:५० मिनेट

बाँके –

Advertisement 1


अत्याधिक चिसो बढ्दै गएपछि बाँकेको नेपालगन्ज उप–महानगरपालिकाले सर्वसाधारणका लागि दाउरा वितरण गरेको छ । नेपालगन्जमा बढी भीडभाड हुने चोक, अस्पताल, कार्यालय र गरिब बस्तीहरुमा दाउरा वितरण थालिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी गराए ।


नेपालगन्जले बुधबार डिभिजन वन कार्यालयबाट दुई चट्टा दाउरा ल्याएर वितरण गरेको छ । उप–हानगरपालिकाले वन कार्यालयसँग ८ चट्टा दाउरा माग गरेको थियो । वन कार्यालयले तत्काल त्यति दाउरा उपलब्ध गराउन सकेको छैन । वन कार्यालयले जति उपलब्ध गराउँछ, त्यो दाउरा वितरण गर्दै जाने नीति बनाइएको छ ।

Advertisement 2


उप–महानगरपालिकाले दाउरा दिएपछि चोकचोकमा आगो तापेको देख्न सकिन्छ ।


साथै अत्याधिक चिसो भएका कारण खजुरा गाउँपालिकाले ४ दिनका लागि विद्यालय बन्द गरेको छ ।

सम्बन्धित समाचार