२०८२ मंसिर २२, आईतवार ०१:१३ गते
नेपाली समय

चीनलाई कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

२०७९ पुष २१ गते, बिहीबार समय: ०९:०२ मिनेट

एजेन्सी –

Advertisement 1


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणका कारण ज्यान गुमाएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङमा चीनलाई कोरोना संक्रमणबा अस्पतालमा भर्ना भएका उपचारत व्यक्ति तथा कोरोनासँग सम्बन्धित विश्वसनीय तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् ।


चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने सार्वजनिक गरेको संख्याभन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान डब्ल्यूएचओले गरेको छ ।

Advertisement 2


सोही भन्दर्भलाई लिएर प्रमुख टेड्रोस एदनोमले अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न चीनलाई दबाब दिएको बताएका छन् ।
एदनोमका अनुसार अनुसार कोरोना संक्रमणबाट विश्वभर हरेक हप्ता करिब १० हजार जनाको मृत्यु भइरहेको छ । तर वास्तविक संख्या योभन्दा बढी हुन सक्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार