बाँके –
Advertisement 1
बाँके जनमत पार्टीले प्रतिनिधी सभाका सदस्यलार्ई सम्मान गरेको छ । बिहीबार नेपालगन्जमा जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिकतर्फबाट निर्वाचित जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानलाई सम्मान गरेको हो ।
प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित खाँनलाई जनमत पार्टी बांकेका अध्यक्ष पहलाद यादवसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताले सम्मान गर्दै बधाइ तथा शभकामना प्रदान गरे ।
Advertisement 2
सो सम्मान कार्यक्रममा अध्यक्ष यादवले खाँनलाई निर्वाचित भएसँगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साहा थपिएको बताउँदै जनताको पक्षमा निरन्तरकाम गर्न र जनताको अवाज उठाइदिन आग्रह गरे ।
कार्यक्रममा सासद खाँनले आफूहरु जनताको लागि राजनीतिक तथा समाजिक अधिकारको साथै विकासका लागि निरन्तर संघर्ष गरेको बताउँदै आगामी दिनमा पनि सशक्त भूमिका निभाउने बताए ।





प्रतिक्रिया दिनुहोस्