२०८२ माघ ८, बुधबार ०३:५४ गते
नेपाली समय

पोखरालाई हराउँदै जनकपुर टी – २० को प्लेअफमा

२०७९ पुष २१ गते, बिहीबार समय: १४:५८ मिनेट

काठमाडौं –

Advertisement 1


काठमाडौंमा जारी नेपाल टी – २० मा पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स प्लेअफमा पुगेको छ ।


बिहीबार त्रिवि मैदानमा पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर सराफउद्दीन अशरफले सर्वाधिक ३७ रन बनाए । उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

Advertisement 2


अर्का ओपनर तथा कप्तान त्रेभोन ग्रिफिथले १७ रन जोडे । पवन सर्राफ ४ र राजेश पुलामी क्रमशः ४ र १ रनमा अविजित रहे ।


बलिङमा पोखराका कुशल मल्लले ३ विकेट लिए । असिथा फर्नान्डोजले १ विकेट लिए ।

Advertisement 3


खेलमा जनकपुरले ९ खेलमा ६ जितका साथ १२ भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ८ खेल जितेर लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । ।

सम्बन्धित समाचार