बाँके –
Advertisement 1
अब बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्याम्परको सबै किसिमको उपचार हुने भएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आएसँगै क्यान्सरको सबै उपचार सम्भव भएको हो ।
उसोत सुशील कोइराला अस्पतालले विगतदेखि नै क्यान्सरको उपचार गर्दै अएको छ । लिन्याक मसिनको अभावले सेकाई सम्बन्धि काम भने हुन सकेको थिएन् । तर अब लिन्याक मेसिन संचालनमा आएपछि क्यान्सरका बिरामीले सेकाईसम्बन्धी सबै सेवा खजुरामा नै उपलब्ध पाउनेछन् ।
Advertisement 2

सुशील कोइरालामा लिन्याक मेसिन अएपछि बिरामीलाई सेकाइका लागि भरतपुर ,काठमाडौँ र भारत पुग्नुपर्ने बाध्यता हटेको अस्पतालका अध्यक्ष टेकेन्द्र मल्लले बताए । उनले भने, ‘यो मेसिन संचालनमा आए क्यान्सरका बिरामीहरुलाई अप्रेसनपछि गरिने सेकाई, अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने भएको छ ।’
अब खजुराबाटै क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाई सेवा उपलब्ध हुनेछ ।
Advertisement 3
सुशील कोइराला भरतपुर पछिको दोस्रो ठूलो क्यान्सर अस्पताल हो । जहाँ क्यान्सर बाहेक ओपिडि, जनरललगायत विभिन्न किसिमका चेकजाँच सेवा उपलब्ध रहेक छन् । हाल सुशील कोइराला अस्पतलामा पश्चिमका २४ जिल्लाबाट चेकजाँचका लागि बिरामीहरु आउने गर्दछन् ।






प्रतिक्रिया दिनुहोस्