२०८२ मंसिर २२, आईतवार ०१:११ गते
नेपाली समय

लुम्बिनीमा नयाँ सरकार गठनको गृहकार्य सुरु

२०७९ पुष २१ गते, बिहीबार समय: १९:३९ मिनेट

दाङ –

Advertisement 1


लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गृहकार्य सुरु भएको छ । जसका लागि केन्द्रीय राजनीतिक समीकरणको आधारमा सात दलीय गठबन्धनको सरकार बन्ने पक्का भए पनि कसले सुरुमा नेतृत्व गर्ने भन्ने बारेमा एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन ।


एमालेले नेतृत्व गर्दा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने छने भने माओवादीले नेतृत्व गर्दा संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने छन् ।
एमालेबाट मुख्यमन्त्रीमा सम्भावना रहेका लीला गिरी यसअघि प्रदेश मन्त्री भइसकेका छन् । शंकर पोख्रेल नेतृत्वको सरकारमा उनले करिब ३ वर्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

Advertisement 2


पुस महिनाभित्र मुख्यमन्त्री, सभामुख चयनको विषय टुंगोमा पु¥याउन दलहरुलाई संवैधानिक दबाब छ । दलहरुले सहमति गरे माघ ३ मा बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख चयन गरिनेछ भने प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु पर्नेछ ।


लुम्बिनी प्रदेशमा एमालेको २९, माओवादीका नौ, नागरिक उन्मुक्ति र राप्रपाका चार÷चार, जनमतका तीन सांसदको गठबन्धन छ । जसपाले पनि केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको छ । जसपाका लुम्बिनीमा तीन सांसद छन् । यद्यपि राप्रपा र जसपा केन्द्र सरकारमा सहभागी नभएकाले प्रदेशमा के गर्छन् भन्ने टुंगो छैन ।

Advertisement 3


त्यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरिसकेका छन् । लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

सम्बन्धित समाचार