प्राय चौबिसै घण्टा गाडी चलिरहने सो क्षेत्रका सडक वरपर यत्रतत्र छरिएको अवस्थामा पानीका बोतलदेखि चाउचाउलगायत अन्य वस्तु फोहोरका रुपमा रहेका छन् ।
Advertisement 1
बाँके –
बाँकेको राप्ती सोनारीले आफ्नो क्षेत्रमा पर्ने महेन्द्र राजमार्गअन्तर्गतको सडकमा सरसफाइ अभियान संचालन गर्ने भएको छ । पालिकाले बिहीबार सर्वपक्षिय बैठक आह्वान गरी सो क्षेत्रमा सरसफाइ गर्ने निर्णयसमेत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले हाइवे पोष्टलाई जानकारी गराए ।
Advertisement 2
राप्ती सोनारीमा महेन्द्र राजमार्गको करिब ४० किलोमिटर बढी सडक क्षेत्र पर्दछ र सो सडक बाँके राष्ट्रिय निकुञ्ज भएर गएको छ । प्राय चौबिसै घण्टा गाडी चलिरहने सो क्षेत्रका सडक वरपर यत्रतत्र छरिएको अवस्थामा पानीका बोतलदेखि चाउचाउलगायत अन्य वस्तु फोहोरका रुपमा रहेका छन् । ती फोहोरलाई व्यवस्थापन गर्न राप्ती सोनारीले माग ५ गते बृहत सरसफाइ गर्न लागेको हो ।
‘हाइवेमा गाडीहरु धेरै गुड्ने, ठाउँ–ठाउँमा रोक्ने भएकाले मानिसहरुले आफूले प्रयोग गरेका पानीका बोलत, चाउचाउ, बिस्कुटका खोलहरु हाइवेमा नै फाल्ने गर्दछन् । यसले बाटोभरी फोहोर फैलिएको छ । यसले जंगली जनावरलाई पनि असर गरिहेकोले सरसफाइ गर्ने योजनामा हामी गएका हौं,’ प्रमुख खत्रीले बताए ।
Advertisement 3
प्रमुख प्रशासकीय खत्रीका अनुसार माग ५ गते पूर्वमा शिवखोलादेखि कुसुम हुँदै अगैंया, ढकेरीसम्म पालिकाको नेतृत्वमा सरसफाइ हुनेछ । खत्री भन्छन्, ‘बैठकले योपटक महेन्द्र राजमार्गमा पर्ने बस्ती तथा मानिसको चहलपहत हुने स्थानमा सरसफाइ गर्ने निर्णय गरेको छ । त्यसपछि हामीहरु दीर्घकालीन उपाय खोज्ने योजनामा छौं ।’

बैठक पालिका अध्यक्ष तप्तबहादुर पौडेको अध्यक्षमा बसेको थियो । जहाँ पालिका उपाध्यक्ष मनिषासिंह थारु, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख स्यामकुमार शाह, अर्जुन बाण गणका प्रमुख सेनारी अर्जुन खड्कालगायत सामुदायिक वन, खानेपानी संस्थालागयतका पदाधिकारीको उपस्थित रहेको थियो ।
सरसफाइमा पालिकाले माक्स, पंजा, सरसफाइमा प्रयोग हुने औजारलगायत उपलब्ध गराउने छ भने सरसफाइमा पालिकामा रहेका विद्यालयका शिक्षक, विद्यार्थी, सामुदायिक वनका पदाधिकारी, नेपाली सेनालगायत गरी १ सय ५० बढीको सहभागिता रहेने खत्रीले बताए । पालिकाले सो दिन संकलन गरेको फोहोरलाई जलाएर नष्ट गर्ने उनले बताए ।
पालिकाले सरसफाइका लागि अर्को बैठकमा यातायात व्यवसायीलाई पनि बोलाउने खत्रीले बताए । ‘अर्को बैठकमा यातायात व्यवसायीहरुलाई बोलाएर आफूले उत्पादन गरेको फोहोर निश्चित स्थानमा डम्पिङ गर्न अनुरोध गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘अर्को समस्या भनेको मलामी आउने मानिसहरुले पनि फोहोर गरेको पाइन्छ । अहिले त मलामीमा पानी ल्याउने बिस्कुट ल्याउने चलन छ र त्यो फोहोर आफू खुसी फालेर जाने भएकाले पनि फोहोर बढेको छ ।’
खत्रीका अनुसार राप्ती सोनारीले पालिकालाई सरसफाइ राख्न र हरित पालिका बनाउन दीर्घकालीन योजना बनाउने तयारीमा रहेको छ । जसमा फोहोर व्यवस्थापन गर्ने, मानिसहरुमा जनचेतना फैलाउने, हाइवे क्षेत्रमा निश्चित फोहोर स्थल तोक्ने जस्ता योजना रहेको खत्रीले बताए ।






प्रतिक्रिया दिनुहोस्