२०८२ मंसिर २२, आईतवार २१:२० गते
नेपाली समय

चलचित्र पत्रकार संघले फागुन १७ गते महाधिवेशन गर्दै

२०७९ पुष २२ गते, शुक्रबार समय: ०९:२० मिनेट

बाँके –

Advertisement 1


चलचित्र पत्रकार संघले आगामी फागुन १७ गते ९औँ महाधिवेशन आयोजना गर्ने भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले संघको अघिवेशन गर्ने निर्णय गरेको हो ।


साथै संघले अधिवेशन अगाडि दुईदिने कार्यशाला गोष्ठीसमेत आयोजना गर्ने भएको छ । संघले संघका सदस्यहरूको क्षमता वृद्धिका लागि माघको १३ र १४ गते काठमाडौँमा कार्यशाला आयोजना गर्ने लागेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Advertisement 2


त्यस्तै संघले २४ नयाँ सदस्यको आवेदन स्वीकृत, ६० वर्ष नाघेका सदस्यका लागि मासिक ६ हजार सामाजिक भत्ताको समेत निर्णय गरेको छ । माघ १५ गते भित्र पुराना सदस्यलाई सदस्यता नवीकरण गर्नसमेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

सम्बन्धित समाचार