काठमाडौं –
Advertisement 1
पहिलोपटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान गरेको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकको रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारीका लागि नेपाल प्रस्थान गरेका हुन् ।
अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने यसअघि घोषणा गरिसकिएको छ ।
Advertisement 2
नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने निश्चित भइसकेको छ । आयोजक सदस्य किसन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, व्यवसाईट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धन लगायतका महत्पूर्ण कामहरु सकेर नेपालमा पनि पत्रकार सम्मेलन लगायतका कार्यक्रम हेतु यूएस खबरका आचार्य र फेम नेपालका पछाई नेपाल प्रस्थान गरेका हुन् ।

अवार्ड सम्पन्न गर्नका लागि ८ हजार ८ सय ४८ मिडिया हाउस र आर्यन फिल्मसले पनि आयोजकका रुपमा आफ्नो भूमिका निभाउने छन् ।
Advertisement 3
आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।






प्रतिक्रिया दिनुहोस्