२०८२ मंसिर २२, आईतवार २१:४३ गते
नेपाली समय

दाजुरा देखिएपछि बालबालिका लागि खोप लगाइँदै

२०७९ पुष २२ गते, शुक्रबार समय: २१:०३ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्जमा दादुराको प्रकोप देखिएपछि बालबालिकालाई दादुराविरुद्ध खोप लगाएन सुरु गरिएको छ । नेपालगन्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई शुक्रबारसम्म दादुराविरुद्धको खोप लगाइएको छ ।


नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार, वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय, बाँकेले त्यहीबाट दादुराविरुद्धको खोप लगाउन सुुरु गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख चन्दले संक्रमण देखिएका अरु वडाहरुमा पनि खोप लगाउँदै जाने जानकारी दिनुभयो ।

Advertisement 2


नेपालगन्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्ममा दादुराविरुद्धको खोप लगाउने गरिन्छ । अहिले संक्रमण देखिएका बालबालिकाले नियमित रुपमा सञ्चालन भएको खोप अभियानमा सहभागी नभएको पाइएको छ ।

सम्बन्धित समाचार